सुचना, समाचार र मनोरन्जन

एमाले पदाधिकारीमा अहिलेसम्म क–कसको नाम निश्चित ?

सौराह/

एमालेको नयाँ नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँगको छलफलसँगै नाम पनि टुंगो लगाउँदै गएका छन ।

स्रोतका अनुसार अहिलेसम्म सात सचिवमध्ये पाँचजनाको नाम लगभग निश्चित भएको छ। सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, विष्णु रिमाल र रघुवीर महासेठको नाम लगभग निश्चित भएको स्रोतले जनाएको छ। सचिवमा विष्ट र भट्टराई दोहोरिन लाग्दा अर्याल, रिमाल र महासेठले सचिवमा फड्को मार्न लागेका हुन ।

यस्तै वरिष्ठसहित सात उपाध्यक्षमध्ये अहिलेसम्म उपाध्यक्षमा तीन नेताको नाम लगभग निश्चित भएको छ। रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र पृथ्वीसुब्बा गुरुङको नाम उपाध्यक्षमा निश्चित भएको स्रोतले जानकारी दिएको छ। वरिष्ठ उपाध्यक्ष र बाँकी उपाध्यक्षबारे छलफल जारी छ।

महासचिवमा दाबी गरेका शंकर पोखरेल र विष्णु पौडेलमध्ये एक महासचिव तथा अर्को उपाध्यक्ष हुने सम्भावना छ।

यस्तै तीन उपमहासचिवमध्ये अहिलेसम्म प्रदीप ज्ञवालीको नाममात्रै टुंगिएको छ।

कमेन्ट्स
Loading...