सुचना, समाचार र मनोरन्जन
kumdini

महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं/

महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अहिले यूएईसँग खेल्दै छ। यूएईमा भइरहेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

British college

चार खेलपछि यूएई ८ अंक जोडेर शीर्षस्थानमा छ। नेपाल र हङकङको समान ६ अंक छ।

नेट रनरेटका आधारमा नेपाल दोस्रो र हङकङ तेस्रो स्थानमा छ। नेपालले यो खेलमा कम्तिमा १० रनले विजयी भए वा १० बल बाँकी छँदा जित हात पारे छनोट हुन सक्ने छ। त्यसका लागि आइतबार नै हुने अर्को खेलमा हङकङले कुवेतमाथी फराकिलो जित हात पार्नु हुने छैन।

पहिलो खेलमा हङकङसँग पराजित भएको नेपालले त्यसपछि भने भुटान, कुवेत र मलेसियामाथी जित हात पार्न सफल भएको थियो। ६ टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष टोली विश्वस्तरको छनोटमा पुग्ने छ।

कमेन्ट्स
Loading...