सुचना, समाचार र मनोरन्जन

मध्यरातमा बस दुर्घटना हुँदा एक बालिकासहित ५ जनाको मृत्यु, ३० घाइते

 कालीमाटीतर्फ जाँदै गरेको  बस जाजरकोटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्जबाट छुटेको  गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको कुदु  बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ।

कमेन्ट्स
Loading...