सुचना, समाचार र मनोरन्जन

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैीलन नदिन दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध

दक्षिण अफ्रिकामा पहिचान भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन नदिन भन्दै विश्वका विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका छन।

तर दक्षिण अफ्रिकाका अधिकारीहरुले भने आफूहरुलाई नयाँ भेरियन्टको पहिचान चाँडो गरेकोमा धन्यवाद दिनुको साटो यात्रा प्रतिबन्ध लगाएर दण्डित गरेको बताएका छन। दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर आफ्नो देशबाट हुने यात्रामा लगाइएको प्रतिबन्धप्रति दुःख व्यक्त गरेको हो।

विश्व स्वास्थ्य संगठन डब्लुएच ओ ले नयाँ भेरियन्टलाई ओमिक्रोन नामाकरण गर्दै प्रारम्भिक तथ्यहरुले यो भेरियन्टको संक्रमण तथा यसअघि संक्रमण भएकाहरुमा पनि पुनः संक्रमणको जोखिम बढी रहेको देखिएको बताएको छ।

अमेरिका, बेलायत, युरोपियन युनियनसहितले यात्रा प्रतिबन्ध लगाएका छन। यसैबीच नेदरल्याण्ड्सको आम्स्टरडाम आएका दुई विमानका यात्रुमध्ये ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कमेन्ट्स
Loading...