सौराह/
एमालेको नयाँ नेतृत्व चयनको सर्वाधिकार पाएका केपी शर्मा ओली आकांक्षीहरुसँगको वार्तामा व्यस्त रहेका बेला अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता भीम रावलले भने आफ्नो प्रचार तीव्र पारेका छन।
चितवनको सौराहमा रावल पक्षीय महाधिवेशन प्रतिनिधिहरुले पर्चा बाँडेर प्रचार गरिरहेका छन । नेता रावलले अध्यक्षमा ओलीलाई चुनौती दिने बताएका छन ।

अध्यक्षमा रावलको उम्मेदवारी किन भन्ने जानकारीसहितका पर्चाहरु उनी पक्षीय महाधिवेशन प्रतिनिधिहरुले बाँडिरहेका छन ।
अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता रावलले ओली निकट नेताहरुसँग सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा पछि हट्न सक्ने सन्देश पठाएका छन ।
तर ओली भने कुनै पनि हालतमा आफ्ना विरोधी रावल र घनश्याम भुसाललाई पदाधिकारीमा नल्याउने लाइनमा छन ।