सुचना, समाचार र मनोरन्जन

नेपाल महिला टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटबाटै बाहिरियो

काठमाडौँ/

नेपाल सन् २०२३ मा आयोजना हुने महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ। अन्तिम खेलमा आइतबार यूएईसँग ४८ रनको हार ब्यहोरेपछि नेपाल अगाडि नबढ्ने पक्का भएको हो। ६ टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष टोली विश्वस्तरको छनोटमा पुग्ने व्यवस्था थियो।

नेपालले हालसम्म महिला टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट खेल्न सकेको छैन। यसपटक पहिलो खेलमा हङकङसँग पराजित भए पनि लगातार तीन खेल जितेपछि नेपाली महिला टोली विश्वस्तरको छनोट खेल्ने होडमा देखिएको थियो।

एसियाली छनोटका सबै पाँच खेल जितेको यूएईले विश्वस्तरको छनोटमा स्थान बनाएको छ।

टस जितेर पहिला बलिङ रोजेको नेपाल निरीह देखियो। यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन जोडेको थियो। यूएईका लागि चामनी सेनेभिरात्नले सर्वाधिक ५२ रन बनाइन। थिर्ता सतिसले ४७ रन जोडिन । नेपालका कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र संगीता राईले एक(एक विकेट हात पारे।

नेपालले १९।४ ओभरमा सबै विकेट गुमाएर ७९ रन जोड्यो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसीका अनुसार आगामी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वस्तरको छनोटमा ८ वटा टोली सहभागी हुनेछन।

कमेन्ट्स
Loading...