काठमाडौँ/

साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ८०।२९ अंकले ओरालो लागेको हो। सेयर बजार ८०।२९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ५१।४९ विन्दुमा सीमित भएको छ।
आज १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँमा कारोबार भएको छ। आज सबै उपसमूह राताम्मे छन्। सबैभन्दा बढी ट्रेडिङ उपसमूह ५।३७ प्रतिशतले ओरालो लागेको छ।
यस्तै कम्पनीतर्फ आइसीएफसी फाइनान्स लिमिटेड ९।७८ प्रतिशत, सामलिङ पावर कम्पनी लिमिटेड ८।२१ प्रतिशत, निरधान उत्थान लघुवित्त संस्था लिमिटेड ३।४३ प्रतिशत, नेपाल एसबिआइ बैंक लिमिटेड २।८६ प्रतिशत र सानिमा जर्नल इन्स्योरेन्स लिमिटेड १।।५२ प्रतिशतले बढेका छन।