काठमाडौँ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एकै स्टेजमा ४ विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।
विजेता ४ जनाले नै विभिन्न उपहार र अवसर गिफ्टका रुपमा प्राप्त गरेका छन् । विजेता सबै इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यहि प्रतियोगिता तर्फको फष्ट रनर अप एलेक्स महर चुनिदा सेकेन्ड रनर अफ भने एलिस अर्यालले हात पार्न सफल भए ।
साथै ‘लिटिल प्रिन्सेस इन्टरनेशनल’ जुनियर तर्फ आयु खत्रीले शिर्ष उपाधि जितेकी छन् भने सरल्या बज्राचार्य फष्ट रनर अफ र आरोही खरेल सेकेन्ड रनर अप बन्न सफल भए । ‘लिटिल प्रिन्स इन्टरनेशनल’ सिनियर तर्फ भने स्पन्दन त्रिपाठी शिर्ष विजेता बन्दा फष्ट रनर अप शुभम थापा र सेकेन्ड रनरअप दिब्भ्यान्स अर्याल जित्न सफल भए । ‘टिन प्रिन्सेस इन्टरनेशनल’ तर्फ भने कृषा खड्की विजेता बनिन भने प्रसन्सा आचार्य र विभुती बस्नेत क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अप छानिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लीले आयोजना गरेको यस प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री संञ्चिता लुईटेल, फिल्म निर्देशक दीवाकर भट्टराई, व्यवसायी रोजी खुसी पाठक, गीतकार, कवि तथा नव नारी मासिककी सम्पादन निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए ।
यस प्रतियोगीताको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले गरेका थिए, भने उनीहरु श्रीषा बैदार फैजुका डिजाइन रहेको आकर्षक परिहनमा र्याम्पमा उत्रिएका थिए ।
