सुचना, समाचार र मनोरन्जन

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त

काठमाडौँ/

नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ पुगेको छ।

आइतबार ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ६०४ पीसीआर तथा २ हजार ३१४ एन्टिजेन परीक्षण भएको छ।

कमेन्ट्स
Loading...