सुचना, समाचार र मनोरन्जन

बाघको आक्रमणबाट एकको मृत्यु

पोखरा/

बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ । नवलपरासी पुर्व विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी निवासी ६३ वर्षिय वि.क को बाघको आक्रमणमा परि ज्यान गएको हो ।
सनिबार दिउँसो २ बजे घरबाट निस्केका विक साँझसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
खोजी गर्ने क्रममा विनयी सामुदायीक बनमा बाघले शरीरको केही भाग खाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...