सुचना, समाचार र मनोरन्जन

निशु कुमारीले जितिन् ‘मिस ग्राण्ड नेपाल २०२१’को ताज

काठमाडौ । शुक्रबार काठमाडौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा ‘मिस ग्राण्ड नेपाल २०२१’ सम्पन्न भएको छ । यस प्रतियोगीताको ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निशु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् ।

उनीसँगै ४ सुन्दरीहरुले ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, हेटौंडाकी मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, झापाकी वविता आचार्य ‘मिस स्कुवा नेपाल’, पोखराकी प्रमिला विश्वकर्माले ‘मिस मल्टिनेशनल नेपाल’को ताज पहिरिन सफल भएका हुन् ।
उक्त प्रतियोगीताका विजेताहरुले ५०–५० हजार नगदसँगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का,प्राप्त गर्नुका साथै नेपाली फिल्ममा अभिनेत्री हुने अवसर प्राप्त गरेका छन् । यस्तै, विजेताहरुले इन्टरनेश्नल सौन्दर्य प्रतियोगितामा समेत सहभागी हुने अवसर प्राप्त गर्नेछन् । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको सो सुन्दरी प्रतियोगीतामा देशभरका १५६ युवतीहरुले प्रतिष्पर्धा सहभागी भएका थिए । प्रतियोगीतामा अन्य प्रतिपर्धीहरुलाई पछि पार्दे निशुले ताज हात पारेकी हुन् । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।

यस प्रतियोगीतामा निर्णायकका रुपमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोश्ना बस्नेत रहेका थिए । आयोजकले  मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि देखि अर्को एउटा ताज थप गर्दै ५ जना सुन्दरीहरुलाई इन्टरनेश्नलमा भिड्न पठाउन लागेको आयोजकले जानकारी दिएको छ ।

ग्राण्ड फिनाले कार्यक्रमबाट टाइटल अवार्डहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत ‘मिस इनोसेन्ट’ यशोदा रेग्मी, ’मिस एक्टिभ’ ममता बुढा क्षेत्री, ‘मिस स्पोन्टेनियस’ मनिषा छिनाल, ‘मिस बेस्ट फिगर’ ममता मल्ल, ‘मिस परशनालिटी’ वर्षा राणा, ‘मिस फोटोजेनिक’ सपना कार्की, ‘मिस बेस्टवाक’ प्रमिला विश्वकर्मा, ’मिस मल्टिमिडिया’ वविता आचार्य, ’मिस बेस्ट स्पिच’ सोनाली सापकोटा, ‘मिस इन्टेलुक्च्युल’ निशु शाह, ‘मिस कोन्जेनियालिटी’ निशु कुमारी शाह,‘मिस ट्यालेन्ट’ वविता आचार्य, ‘मिस हार्ड वोर्किङ’ सोना कुमारी यादव, ‘मिस फ्रेन्डली’ अन्जली थापा, ‘मिस बेस्ट हेयर’ अस्मिता तामाङ, ‘मिस ग्ल्यामर’ ममता बुढा क्षेत्री, ‘मिस बेस्ट स्माइल’ डिम्पल खरेल,‘मिस बेस्ट स्किन’ सुर्जिना श्रेष्ठ र ‘मिस कन्फिडेन्ट’को टाईटल सोनाली सापकोटाले जितेकी थिइन् ।

आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज सिंह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दिपेन्द्रराज शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

कमेन्ट्स
Loading...