सौराह/
केपी शर्मा ओलीले पनि एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। उनीअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए। यससँगै अध्यक्षमा ओली र रावलबीच निर्वाचन हुने निश्चित भएको छ।
उम्मेदवारी दर्ता गर्न ओली सेभेन स्टार होटल पुगेका थिए। उम्मेदवारी दर्तालगत्तै उनी होटलबाट बाहिरिएका छन ।

ओलीले आफ्नो अध्यक्षतामा १९ पदाधिकारीको नामावली सार्वजनिक गर्दा रावलको नाम समावेश गरेका थिएनन । त्यस्तै उनले पदाधिकारीहरुमा नाम छुटाएका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा नाम प्रस्ताव गरेका रावल र भुसालपछि भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन ।
१० बुँदे सहमतिपछि एमालेमा फर्किएका १० नेतामध्ये रावल, भुसाल र आचार्यलाई ओलीले पदाधिकारीमा समेटेका थिएनन ।
सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार मध्याह्न १२ः०५ बजे उम्मेदवारहरुके अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान भने आज राति ९ बजेदेखि मंसिर १४ गते बिहान ३ बजेसम्मलाई निर्धारण गरिएको छ। मतदान सकिएलगत्तै मतगणना हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
मंसिर १२ गतेसम्मलाई तोकिएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको नाउँमा समय घर्काइँदा थप दुई दिन लम्बिने देखिएको छ।