काठमाडौ । समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक भएको छ । प्रायः लोक तथा दोहोरी शैलीका गीतहरुमा आफ्नो आवाज भर्दै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु कमै सुन्न पाईन्छ ।
सानै उमेरबाट गायनमा लागेकी समिक्षाले संगीतको औपचारिक शिक्षा हासिल नगरेता पनि उनको स्वर परिपक्व सुनिन्छ । प्रस्तुत गीत ‘मेरो जस्तो मायालाई’ पनि समिक्षाले न्यायपुर्ण तरिकाले गाएकी छन् । ‘दिलको बदला दिल दिएँ ,म भन्दा नि , तिमी बिना बाँच्दिन म’ जस्ता गीतका संगीतकार राज कुमारसंग उनको यो पहिलो सहकार्य हो ।
स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर सुन्न सकिनेछ । राज कुमारको शव्द संगीत , संजय हमालको एरेञ्जमेन्ट , दिल समर्पणको रेकर्डिङ , चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतले खिचेका हुन् ।