सुचना, समाचार र मनोरन्जन

नेकपा एमालेको १० औँ महाधिवेशनमा उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक

सौराहा/

नेकपा एमालेको १० औँ महाधिवेशनमा उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक भएको छ। आइतबार राती केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम बन्दसत्र हलमा पेश गरेका थिए। निर्वाचनको प्रकृया पुर्‍याउनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन ।

British college

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहसचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्ण रिमाल निर्विरोध भएका छन् भने अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै ओलीले उपाध्यक्षमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका थिए। घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिएपछि अब ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै सचिवमा टंक कार्की र भीम आचार्यले पनि उम्मेदवारी दिएका छन।

बन्दसत्रमा ओलीले योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टको नाम पेश गरेका थिए। अब सचिवका लागि ९ जनाबीच प्रतिस्पर्धा हुनेछ। एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार उम्मेदवारी फर्ताका लागि समय दिइने र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ। उनले राति ९ बजेदेखि १२ बजेसम्म मतदान हुने जानकारी दिए ।

कमेन्ट्स
Loading...