सुचना, समाचार र मनोरन्जन

पनाहले धोका दिए पछि ‘मिलाउने दैव ’ भन्दै आए निशान भट्टराई (भिडियो सहित)

काठमाडौ । म्यूजिक भिडियोको माध्यमबाट सामाजिक कथा देखाउन सकिन्छ भन्ने उदाहरण हो ‘मिलाउने दैव’ । पछिल्लो समय कथा बुनेर म्यूजिक भिडियो बनाउने चलन बढ्नेक्रममा यस गीतको म्युजिक भिडियोलाई उदाहरणका रुपमा लिन सकिन्छ । निशान भट्टराइको आवाज , तिलक भट्टराईको शव्द एवं बसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थिति लाइ छर्लङ्ग पारेको छ ।
राज बस्न्यातको निर्देशनमा बनेको यस गीतको भिडियोमा पनाह अधिकारी , तिलक भट्टराई , राज बस्न्यात , सुरज पोखरेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । वाइपी घिमिरेले छायांकन गरेको यस म्युजिक भिडियोलाई निर्देशक बस्यात स्वयंमले सम्पादन गरेका छन् । भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गरेका हुन् ।

कमेन्ट्स
Loading...