कास्की । कास्की प्रहरीले विभिन्न समयमा हराएका मोबाईलहरू खोजतलास गरि सम्बन्धित धनीहरुलाई बुझाएको छ ।
खोजतलासको लागि यस जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त निवेदन अनुसार खोजतलास गर्ने क्रममा यहि मंसिर १ गते देखी ऐ. १५ गते सम्म निवेदनका आधारमा फेला पारेको हो । फेला परेका विभिन्न कम्पनीका १७ थान मोबाईल फेला पारी सम्बन्धित निवेदकहरूलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
