सुचना, समाचार र मनोरन्जन

डब्बु र राजेन्द्रको ‘म तिम्रो पिपल’मा विश्व र समिराको रोमान्स

काठमाडौं । गीतकार डब्बु क्षत्रीको शब्दमा नयाँ गीत ‘म तिम्रो पिपल’को भिडियो दर्शकमाझ आएको छ । यो गीतलाई राजेन्द्र बजगाईंले संगीत भरेका छन् भनेसंगीत संयोजन पनि राजेन्द्र बजगाईंकै रहेको छ । म्युजिक किचनमा रेकर्ड गरिएको यो गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् ।

युगल स्वरमा रहेको यो आधुनिक प्रेम भावको गीतलाई गायक सविन सुवेदी र गायिका विन्दु परियारले गाएका छन् । यस गीतको भिडियोलाई केशब राज भट्टले निर्देशन गरेका छन् । यो गीतको भिडियोबाट विश्व राजले मोडलिङमा डेब्यु गरेका छन् । मोडल विश्व राजको जन्मदिनकै अवसर पारेर यो गीतको भिडियोलाई युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

भिडियोमा विश्व राज र समिरा खड्काको अभिनय देख्न सकिन्छ भने निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टको छ । जसमा बुद्ध थापाको छायांकन दिनशन शाहको सम्पादन,उमेश भण्डारीले भिडियोलाई निर्माण गरेका हुन् । पछिल्लो समय गीतकार क्षत्रीको नयाँ नयाँ गीतहरु दर्शकमाझ आईरहेका छन् । यो गीतको भिडियोलाई ओएसआर डिजिटल च्यानलबाट रिलिज गरिएको छ ।

कमेन्ट्स
Loading...