पोखरा/
कास्कीको मादी गाउँपालिकामा तेस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । विश्व महमारीका रुपमा फैलिएको कोभिड १९ का कारण लामो समय देखि स्थगित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने मादी गाउँ पालिका पहिलो हो । मंगलबार शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङले उद्घाटन गरेका छन् । प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका छात्र–छात्राहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा विद्यालय स्तरिय छात्र–छात्राहरुको छात्र–छात्रा भलिवल र छेलो खेल समावेश गरीएको छ । छेलो खेल परम्परागत खेलका रुपमा खेलिने गरिन्छ । मादी गाउँपालिकाले राष्ट्रपती रनिङ शिल्डमा छेलोलाई समावेश गरेको जनाएको छ । मंसिर १७ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिता मादी ४ वेतेनीमा गाउँपालिका स्तारीय खेलग्राममा भइरहेको छ ।
प्रतियोगितामा अन्नपूर्ण मा वि मादी १ सिक्लेस, दुधपोखरी मा वि सोंधा १, हिमालय मिलन मा वि मादी २, ताङ्तिङ सिताराम मावि मादी ३ यांजाकोट, ध्रुव मावि मादी ४ तारकाङ, महारुद्र मा वि ६ तप्राङ, धनुवास कालिका मावि मादी ७, छाचोक हिमालय मावि मादी ९ गोर्जे, जनकल्याण मावि मादी १० मकैखोला र राष्ट्रज्योती मावि मादी ११ सैमराङ खेलकुद प्रतियोगितामा सहभागी छन् ।