सुचना, समाचार र मनोरन्जन

यो सरकार हाम्रो पदयात्रा नसकिँदै ढल्न सक्छ: ओली

डडेलधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन्।

काठमाडौं /

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन्।

डडेलधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन्।

‘यो सरकार ढाल्नै पर्दैैन, यो त आफैं ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन।’

उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको पनि आरोप लगाएका छन्। ‘यो सरकार प्रचण्ड पथमा लागेको छ। आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गइरहेका छन्,’ उनले भने।

वर्तमान गठबन्धन सरकारले कमिसन र तस्करीलाई प्रोत्साहन गर्नुका साथै जनतामा निराशा बढाएको उनको भनाइ छ। अध्यक्ष ओलीले भने, ‘नेपाली जनताको राष्ट्रिय आकांक्षा र एमालेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्ने उद्देश्यका साथ आजबाट पुष्पलाल मध्यपहाडी लोकमार्गमा शुरु गरेको अभियानमा देखिएको उत्साहपूर्ण साथ र सहयोग, एमालेप्रतिको विश्वासले मलाई हर्ष लागेको छ।’

ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाइरहेको जनाए। सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाए।

‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने रु मन्त्री कसरी हुने रु कसले बढी कमाउने ? कसले आफन्त बढी पोस्ने रु मा लागेको छन्,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ।’

उनले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिबिधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन्। अध्यक्ष ओलीलगायतका नेताहरूले बैतडीको खोड्पेमा बझाङका कलाकारद्वारा प्रस्तुत डेउडा गीत तथा नृत्य अवलोकन गरेका थिए।

Leave A Reply

Your email address will not be published.