पोखरा/
मादी गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार भएको प्रतियोगितामा छात्र भलिवल तर्फ पहिलो खेल सीताराम मा वि यांजाकोट र दुधपोखरी मा वि सोंधा बीच भएको थियो उक्त खेलमा सीताराम मा. वि विजेता भएको छ । यसै गरी दोस्रो खेलमा जनकल्याण मा।वि। मकैखोला र ध्रुव मा वि तारकाङ बीच भएको उक्त खेलमा ध्रुव मा. वि विजेता भई फाईनलमा प्रवेश गरेका र फाईनल खेल ध्रुव मावि र सीतारमा मा वि बीच भएकोमा विजेता ध्रुव मा वि तारकाङ,,, उपविजेता सीतारामा मा वि याङ्जाकोट भएका छन ।
छात्रा तर्फको भलिबल खेलमा पहिलो सेट महारुद्र मावि तप्राङ र दुधपोखरी मावि सोंधा बीच भएको थियो उक्त खेलमा दुधपोखरी मावि फाइनलमा प्रवेश गरेको थियो । यसै गरी दोस्रो खेल राष्ट्र ज्योती मावि सैमराङ र जनकल्याण मावि मकैखोला बीच भएको थियो उक्त खेलामा राष्ट्रज्योती मा वि फाईनलमा प्रवेश गरेको छ । फाइनल खेल दुधपोखरी मा वि र राष्ट्र ज्योती मा विका वीच भएको खेलमा राष्ट्र ज्योती मा वि विजेता र दुधपोखरी मा वि उप विजेता भएको छ ।
भलिवल खेलका विजेताले ट्रफी शिल्ड, मेडल र प्रमाण पत्र सहीत रु २५००० र नगद पुरस्कार हासिल गरेका छन । यसै गरी खेलका उप विजेताले मेडल र प्रमाण पत्र सहीत रु १५०० प्रदान गरिएको थियो ।
मादी गाउँपालिकाको स्थानीय खेलको रुपमा समेत रहेको खुल्ला ठेलो खेल प्रतियोगिताको विजेताहरु छात्रा तर्फ
१. प्रथम सृजना तामाङ राष्ट्र ज्योती मा.वि सैमराङ पुरस्कार ५००० र प्रमाण पत्र
२. दोस्रो इशा गुरुङ जनकल्याण मा.वि मकैखोला पुरस्कार ३००० र प्रमाण पत्र
३. तेस्रो सुस्मिता परियार सिताराम मा. वि यांजाकोट भएको छ । पुरस्कार २००० र प्रमाण पत्र
छात्र तर्फको ठेलो प्रतियोगितामा
१. प्रथम मिलन वि. क ध्रुव मा. वि तारकाङ पुरस्कार ५००० र प्रमाण पत्र
२. दोस्रो साजन राना जनकल्याण मा. वि मकैखोला पुरस्कार ३००० र प्रमाण पत्र
३. तेस्रो मनोज मगर हिमालय मा. वि ताङ्तिङ पुरस्कार २००० र प्रमाण पत्र
कार्यक्रमको समापन सत्र मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । खेलका विजेता लाई गाउँपालिका अध्यक्ष ज्यूबाट पुरस्कार वितरण भएको थियो । पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु माया आचार्य पौडेल र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले आवश्यक सहजीकरण गर्नु भएको थियो । समापन सत्रको कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले गर्नु भएको थियो ।