सुचना, समाचार र मनोरन्जन

अन्तिमपटक सभापति बन्न चाहान्छु: देउवा

काठमाडौँ/

British college

अहिलेको सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि मात्रै रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सञ्चारकर्मीसँगको छलफलको क्रममा देउवाले राष्ट्रियसभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताएका हुन ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धन कायम गर्ने–नगर्ने भनेर छलफल भएको छैन।’ आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने कार्यातालिका निर्वाचन आयोगले तय गरेको छ । राष्ट्रियसभाका २० सदस्यको पदावधी आउँदो फागुन २० गते सकिँदैछ । २० सदस्यमध्ये एकजना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि माघ १२ मा चुनाव हुनेछ । यसैबीच देउवाले आफू फेरि एकपटक पार्टीको विधान बमोजिम सभापति बन्न चाहेको: पनि बताएका छन । सभापतिमा निर्वाचित भएमा राम्रो काम गर्ने दाबी उनको छ ।

देउवाले भनेका छन्, ‘पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिमपटक हो। फेरि सभापति बेनमा अझै राम्रो गर्न सक्छु।’

कमेन्ट्स
Loading...