सुचना, समाचार र मनोरन्जन

बाँकेको नेपालगञ्जमा दिउँसै लाखौंको चोरी

नेपालगञ्ज/

बाँकेको नेपालगञ्जमा दिउँसै लाखौंको चोरी भएको छ। नेपालगञ्ज उपमहानगरपालिका( १२, मुक्तिपुरका सिमान्त कर्माचार्यको घरमा दिउँसै चोरी भएको हो। घरमा कोही नभएको समयमा आइतबार दिउँसो १२ देखि ५ बजेको बीचमा चोरी भएको छ। कर्माचार्यका अनुसार साढे घरमा रहेको एघार तोला सुन, ९० हजारको हीरा र ७५ हजार नगद चोरी भएको छ। श्रीमती रविना श्रेष्ठ सुर्खेत माइती गएको र कर्माचार्य कारकादोस्थित मोटरसाइकल वर्कसपमा गएको मौकामा घरमा चोरी भएको थियो।

बाँके प्रहरीका अनुसार पर्खाल चढी घर पुगेका चोरले मास्टर चावीले ढोका खोलेको देखिन्छ। चोरले ढोकामा कुनै बल प्रयोग गरेको देखिँदैन। भित्रका कोठा खुला नै थियो। दराजको साँचो पनि त्यही थियो। घटनास्थलमा एउटा फलामको रडमात्रै फेला परेको प्रहरीले जनाएको छ। कर्माचार्यले यो घर किनेका थिए। उक्त घरमा यसअघि पनि चोरी भएको छिमेकीले बताएका छन्। बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले घटनाको अनुसन्धान गरेर चोरको खोजी कार्य भइरहेको जानकारी दिए।

कमेन्ट्स
Loading...