सुचना, समाचार र मनोरन्जन

पिपुल्स हाइड्रोले आईपियो जारी गर्दै

काठमाडौं/

नेपाली सेयर बजारमा पछिल्लो समय आइपियो निकाल्ने कम्पनीहरुको ट्रेन्ड नै चलेको छ । यसैविच पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

कमेन्ट्स
Loading...