सुचना, समाचार र मनोरन्जन

आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्। म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाँय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌घन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उहाँविरुद्ध ११ आरोप लगाइएकाे छ । सुकीले आफुमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले आरोप लगाउँदै आएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियाे ।

कमेन्ट्स
Loading...