सुचना, समाचार र मनोरन्जन

खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि हो: मन्त्री आले

काठमाडौँ/

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरेका छन । मन्त्रालयमा सोमबार आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले यसले निगमलाई फाइदामा पु¥याउन सकिने बताए।

‘फ्लाइटमा यात्रु नभएको अवस्थामा खतराजन्य पदार्थ बोकेर हामी यहाँ ल्याउँछौँ। यसले नाफा दिन्छ’, उनले भने, ‘यो एकदमै सह्रानीय कुरा हो।’ खतराजन्य पद्धार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनको भनाइ छ। आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको मन्त्री आलेले बताए। नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने आफ्नो चाहना रहेको उनले सुनाए।

अहिले नेपाल वायुसेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्नेमा जोड दिए। ‘यो ध्वजाबाहक जहाज भनेको नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको हो। यसलाई कुनै पनि हालतमा माथि उठाउनैपर्छ’, मन्त्री आलेले भने, ‘हामी चाहान्छौँ कमभन्दा कम खर्चमा नेपाल ध्वजाबाहक जहाज नाफा होस्। फाइदा होस। अहिले पनि हामीलाई ५० अरबभन्दा बढी ऋण छ।’

मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

कमेन्ट्स
Loading...