सुचना, समाचार र मनोरन्जन

बुवाआमाको नाममा विद्यालयमा अक्षयकोष स्थापना

पोखरा महानगरपालिका वडा नं. ६ बैदाममा अवस्थित तालबाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्री कृष्ण पहारी र उनकी धर्मपत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसादपहारी र आमा देवीपहारीको नाममा अक्षयकोष स्थापना गरेका छन् ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थानीय पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरिदिएका हुन् ।

पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारीले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानध्यापक तारा प्रसाद पोखरेललाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षयकोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशि लागेको बताए ।

उक्त अवसरमा श्री कृष्णका बुवा पहारीले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौँ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगे मात्र कोषको सार्थकता पूरा हुने बताए । विद्यालय प्रधानध्यापक तारा प्रसाद पोखरेलले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।

कमेन्ट्स
Loading...