सुचना, समाचार र मनोरन्जन

नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ जना संक्रमणमुक्त

काठमाडौँ/

नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ। सोमबार ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल देशभर ६ हजार ३८६ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएको छ।

कमेन्ट्स
Loading...