सुचना, समाचार र मनोरन्जन
kumdini

सिटी वान टेलिभिजन नियमित प्रसारणमा

पोखरा /

पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभिजनले आफनो नियमित प्रसारण सुरु गरेको छ । आवाज विहीनहरुको आवाजलाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको राजधानी पोखराबाट टेलिभिजनले आफ्नो नियमित प्रसारण गरेको हो।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले टेलिभिजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताए । उनले नेपालको राजनीतिमा संचार क्षेत्रले पुराएको योग्दान अविष्मरणीय रहेको उल्लेख गरे।

British college

विशेष अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षप हुनेगरी राजनीति गर्न अनुरोध गरे । पुर्व स्वाथ्यमन्त्री समेत रहेका अधिकारीले आम नागरिकको स्वतन्त्रताको लागि पनि मिडियाले ठुलो भुमीका रहेको भन्दै पछिल्लो समय न्यायलयमा रवैया देखिएको प्रति आपति जनाए ।

टेलीभिजनका अधक्ष्या पवन प्रजापतीले यो कोरोना कहरका विचमा पनि टेलिभिजन संचालन गर्नु आफैमा चुनौती रहेको भन्दै दुर दराजका आवाज विहीनहरुको आवाजलाई आम दर्शक माझ ल्याउन यो टेलिभिजन संचालन गरेको बताए ।

सिटीवान टेलीभिजनले आफ्ना कार्यक्रमहरु विभीन्न सामाजीक संजाल तथा मोवाइल एप , वेभसाइड मार्फत हेर्न सकिने टेलीभीजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी देईन । कार्यक्रममा पत्रकार पोखराका विभीन्न उद्योग व्यवसायी , सामाजीक अगुवाहरु लगाएतको उपस्थिति रहेको थियो ।

कमेन्ट्स
Loading...