सुचना, समाचार र मनोरन्जन

सिड्नी सिक्सर्सविरुद्ध हुने खेलमा सन्दीप लामिछाने समावेश

बीबीएल क्रिकेटको यो सिजन नेपालका सन्दीप लामिछाने पहिलो खेलमै प्लेइङ सेटमा समावेश भएका छन । होबर्ट हरिकेन्सले केही बेरमा सिड्नी सिक्सर्सविरुद्ध हुने खेलमा उनलाई प्लेइङ सेटमा समावेश गरेको हो। हरिकेन्सको टोलीमा म्याथ्यु वेड, डी आर्की सर्टलगायत खेलाडी छन्।

घरेलु मैदानमा हुने खेलमा होबर्ट बलियो सुरुवातको प्रयासमा हुनेछ। यो खेल नेपाली समयअनुसार दिउँसो १ बजेर २५ मिनेटमा सुरु हुनेछ। हरिकेन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ। प्रतियोगितामा सहभागी हुन सन्दीप नोभेम्बर २४ मा त्यसतर्फ प्रस्थान गरेका थिए। सन्दीपले अघिल्लो सिजन पनि होबर्ट हरिकेन्सबाटै बिग बास खेलेका थिए।

त्यसअघि उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। उनी लगातार चौथो सिजन बिग बास खेल्न लागेका हुन। सिड्नी सिक्सर्स अघिल्ला दुई सिजनको विजेता हो। उसले पहिलो सिजनसहित हालसम्म तीनपटक यो प्रतियोगिता जितेको छ।

होबर्ट हुरिकेन्स सन् २०१३र१४ र २०१७र१८ सिजन फाइनलसम्म पुगेको थियो। गत संस्करणमा चौथो भएको थियो। सन्दीपले बिग बास लिगको उपाधि जित्न सकेका छैनन्। सन्दीपले खेल्नेक्रममा मेलबर्न लगातार दुईपटक फाइनल पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।। सन्दीपले बिग बास लिगमा हालसम्म खेलेका २९ खेलमा ३४ विकेट लिएका थिए। प्रतियोगितामा उनको बलिङ इकोनोमी ७.२३ रन प्रति ओभर रहेको छ।

कमेन्ट्स
Loading...