सुचना, समाचार र मनोरन्जन
kumdini

एक थान भरुवा बन्दुक सहित १ जना मानिस पक्राउ

पर्वत । पर्वत कुश्मा नगरपालिका वडा नं.१२ स्थित एकोरे सामुदायिक जंगलमा १ नाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.१२ बस्ने २९ वर्षिय हरी बहादुर कुँवर रहेका छन् ।

British college

एकोरे सामुदायिक जंगलमा अवैध रुपमा सिकार भईरहेको छ भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा प्रहरी टोली त्यस क्षेत्रमा खटिएको थियो । त्यहाँ खोजतलास गर्ने क्रममा पिपलटारीबाट ठुलीपोखरी जाने ग्रामिण कच्ची सडक खण्डमा एकनाले भरुवा बन्दुक र कालिज जस्तो देखिने पंक्षी झुण्डाई हिडिरहेको अबस्थामा कुँवरलाई फेला पारिएको प्रहरीले बताएको छ ।

बरामद भएको कालिज जस्तो देखिने पंक्षीको हकमा आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय,कुश्मा पर्वतमा बुझाईएको व्यहोरा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर ‘शिर्षकमा मुद्धा दर्ता गरी आजै सम्मानित पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन ३ ( तीन ) को म्याद थप प्रदान भई थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट्स
Loading...