सुचना, समाचार र मनोरन्जन

‘राठी केबल पुर्वान्चल लिटिल स्टार’को गीतमा प्रितम आचार्यको स्वर

इटहरी । राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन् । सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ । ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ ।
यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ । छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन् । उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकि छन् । उनि पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् ।

छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल T-Series ‘टि-सिरिज’बाट सार्बजनिक गरिने छ । आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशीका अनुसार २६ गते आईतवार भएको छायांकनमा ३० प्रतिशत काम सम्पन्न भएको छ । अब बाकी ७० प्रतिशत छायांकन भने कार्यक्रमको ग्रान्ड फिनाले लगत्तै दार्जिलिङमा गरिने छ । भिडियोमा इटहरी, बिराटनगर र बिर्तामोड टिमका ७९ जना सहभागी बालबालिकाहरु फिचर्ड छन् ।

यस्तै भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकि बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भुमिका रहने छ । यो शोको धरानमा, बिर्तामोडमा र बिराटनगरमा छुट्टाछुट्टै सेमिफाइनल तय गरिएको छ । सेमिफाइनलबाट ५/५ जना छनौट गरेर फाईनलको लागि तयार गरिने आयोजकले जनाएको छ । फाईनल भने आउदो पौषको १० गते बिर्तामोडमा हुनेछ ।

तेश्रो संस्करणका बिजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै यो संस्करणको मुख्य आकर्षण भनेको प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने हो । यस्तै यहि आयोजक कम्पनि साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको चलचित्र ‘प्रधान द लिडर’मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् ।

जुन चलचित्र नेपालि, हिन्दि, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरुको समेत अभिनय रहने आयोजकले जनाएको छ । तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए ।
कमेन्ट्स
Loading...