सुचना, समाचार र मनोरन्जन

भिरबाट लडेर एकजनाको मृत्यु

सुर्खेत /

दैलेखमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आठबिस नगरपालिका–३, निमाइल निवासी ५८ वर्षीय एबने बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार बडुवाल मंगलबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएको र अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा घरदेखि एक किलोमिटर पूर्व निमाली खोलाको भिरमा घाइते अवस्थामा फेला परेका थिए ।

घाइते बडुवाललाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ लैजाँदै गर्दा बुधबार बाटोमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

कमेन्ट्स
Loading...