सुर्खेत /
सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय वीरेन्द्र भण्डारी रहेका छन् ।
शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका ३० वर्षीय भण्डारीको मृत्यु भएको हो ।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको मोटरसाइललाई ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।