सुचना, समाचार र मनोरन्जन

‘कबड्डी’ को चौथो सिरिजको टिजर सार्वजनिक

काठमाडौ । बैशाख २३ गतेबाट अल नेपाल रिलिज मिति तय भएको फिल्म ‘कबड्डी’ को चौथो सिरिजको टिजर सार्वजनिक भएको छ । केहि दिन अघि फिल्मको पोस्टर सावैजनिक गरेको ‘कबडी’ टिमले फिल्मको टिजर पनि सार्वजनिक गरेको हो ।

यस फिल्मको २ साताअघि मात्रै मुस्ताङका विभिन्न स्थानमा सुटिङ गरेर सकाएको थियो । सार्वजनिक भएको टिजरमा प्रेम वियोगले विरक्तिएका दयाहाङ राई (काजी) लाई देख्न सकिन्छ । आफ्नै गाउँमा पढाउन आएकी मिस शान्ति अर्थात मिरुना मगरबीचको प्रेममा दयाहाङ परेको र अन्तमा छुटेको देखाउन खोजिएको छ । अहिलेको युवा पुस्ताको प्रेममा आउने उतारचढावलाई टिजरमार्फत देखाइएको छ ।

साथै फिल्ममा मिरुनाका लागि दयाहाङ र सौगातबीचको घम्साघम्सी हुने अनुमान टिजर हेरेर लगाउन सकिन्छ । यस अघि ‘कबड्डी कबड्डी’ मा रेश्मा गुरुङ (मैयाँ) का लागि लडेका दयाहाङ र सौगातबीच घम्साघम्सी देखाइएको थियो । रामबाबु गुरुङ निर्देशित फिल्ममा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।

बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय रहेको छ । शैलेन्द्र डि. कार्कीले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत सुन्न सकिन्छ ।

कमेन्ट्स
Loading...