सुचना, समाचार र मनोरन्जन

दर्शकको पर्खाइमा रहेको दीपिकाको ‘गहराइयाँ’ टिजर रिलिज

काठमाडौ । बलिउड अभिनेत्री दीपिका पादुकोण, अनन्या पाण्डे र सिद्धान्त चतुर्वेदी अभिनित फिल्म ‘गहराइयाँ’को टिजर सार्वजनिक भएको छ । अमेजन प्राइम भिडियोमार्फत आगामी जनवरी २५ मा रिलिज हुने फिल्मलाई शकुन बत्राले निर्देशन गरेका हुन् ।

यस फिल्मको टिजरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । साथै दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीबीचका रोमान्टिक दृश्यलाई पनि टिजरमा अटाइएको छ । दीपिकाले ‘गहराइयाँ’को टिजर आफ्नो इन्स्टाग्राम एकाउण्टमा शेयर गर्दै फिल्म रिलिज हुन लागेको उल्लेख गरेकी छन् ।

कमेन्ट्स
Loading...