सुचना, समाचार र मनोरन्जन

सिडी विजय अधिकारीको ‘मैले भन्दा माया गर्ने’ गीतको भिडियो सार्वजनिक

काठमाडौ । ‘भ्वाइस अफ नेपाल सिजन वान’का बिजेता गायक सिडी विजय अधिकारीको स्वरमा ‘मैले भन्दा माया गर्ने’ गीतको भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत आर बि थापा रहेको यस गीतलाई एरेन्ज राजु कार्कीको छ ।

गीतको भिडियोमा लीगेश भट्टराई र सारिका घिमिरेको अभिनय गरेका छन् । आफ्नो प्रेमिकाले छाडेर अर्कैसँग गएपछिको पिडालाई गीतमार्फत पोखिएको छ । उत्सव दाहालको छांयाकन तथा लीगेश भट्टराईको कन्सेप्ट तथा सम्पादन रहेको छ भने कलर राजेश कुमारको रहेको छ । गीतको भिडियो ओएस आर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

कमेन्ट्स
Loading...