सुचना, समाचार र मनोरन्जन

‘भाग्यभित्र जिवन खोज्दै’मा अनु र पृथ्वीराज

काठमाडौ । गायक शिव परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘भाग्यभित्र जिवन खोज्दै’ बोलको गीत सार्वजनिक भएको हो । भिष्मराज फुलराले लेखेको यस गीतलाई बाबुल गिरीले संगीत भरेका छन् । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ ।

गीतको भिडियोमा अभिनेत्री अनु शाह र पृथ्वीराज प्रसाईमा अभिनय गरेका छन् । सुनिता बस्नेको कोरियोग्रफी रहेको यस गीतको भिडियोमा राजमी लामिछानेको निर्देशन छ । गीतको श्याम खत्रीले लगानी गरेको यस भिडियोलाई सुमन कार्कीले खिचेका हुन । भिडियोलाई फुलरा इन्टरटेन्टमेन्ट युटुव च्यानलबाट अपलोड गरिएको छ ।

कमेन्ट्स
Loading...