सुचना, समाचार र मनोरन्जन

फिल्म ‘किन’ को टाइटल गीत सार्वजनिक

काठमाडौ । लभ र सस्पेन्स स्टोरीमा तयार भएको छोटो फिल्म ‘किन’ को टाइटल गीत सार्वजनिक भएको छ । गणेश उप्रेती ,केदार उप्रेती ,सन्तोष राम्दम ,सिदार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको फिल्मको गीत सार्वजनिक भएको हो । यस फिल्म रिलिज हुने तयारीमा रहेको छ ।

उक्त फिल्मको सार्वजनिक गीतमा स्वप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ विश्वले लेखन,निर्देशन र सम्पादन गरेको फिल्ममा नारायण उप्रेतीको सह–निर्देशन विष्णु मिश्राको मेकअप असोक भुजेलको छायांकन रहेको छ ।
फिल्मलाई राम्रो बनाउन सम्पूर्ण टिमले मेहनत गरेको र उक्त कुरालाई दर्शकले रुचाउने निर्देशक विश्वको भनाइ छ ।

उनले यसअघि समेत ‘तिमि र म’,’२०२०’ लगायतका छोटो फिल्म रिलिज गरिसकेका छन् । तिम्रो मेरो पोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतलाई सामाजिक संजालमा शेयर गर्ने मध्य एक जना भाग्यसालीलाई आइपÞmोन १३ प्रदान गर्ने जनाएको छ ।

कमेन्ट्स
Loading...