पोखरा/
उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीलाई सम्मान गरिएको छ। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोशियसनको १६ औं साधरण सभाको अवसरमा सम्मान गरिएको हो । गण्डकी प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले सम्मान गरेका थिए।
गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रमुख दिनेश लोहनी र ट्राफिक प्रहरी कार्यलय गण्डकीका प्रमुख प्रभु प्रसाद ढकाल विच भएको कार्य सम्पादन सम्झौता २०७८ अनुसार सम्मान कार्यक्रम सन्चालन गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख अमृत बस्नेतले जानकारी दिए।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यलयको कार्य सम्पादनलाई उच्च मनोबलका साथ कार्य सन्चालन होस भन्ने उद्धेश्य रहेको बस्नेतको भनाई छ ।
अन्तर ईकाइ कार्यसम्पादन २०७८ अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्की प्रथम र जिल्ला ट्राफिक कार्यलय स्याङ्जा द्धित्तिय भएका छन । कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोशियसनका अध्यक्ष मोहन बहादुर खड्का र महासचिव दिपेन्द्र कोईरालाले शुभकामना तथा बधाई दिएका थिए।