काठमाडौं । एक दशक देखि नेपाली कला क्षेत्रमा निरन्तर लागि रहेका रोहित जोशी अभिनित पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनलाई दृष्टि, कैलाश, रियाले अभिनयमा साथ दिएका छन् ।
प्रेमकृष्ण बजगाईको शब्द, संगीत रहेको ‘आज तिम्रो सम्झनाले’ बोलको गीत गायक यम बरालले गाएका हुन् । दीप सागरले निर्देशन गरेको भिडियो आफ्नो अघिल्लो भिडियोहरुलाई जस्तै दर्शकले मनपराउने कुरामा मोडल जोशी बिश्वस्त छन् । आफुलाई दर्शकले साउथ इण्डिन हिरोको जस्तै लुक्स भएको भनेर माया गर्दा सारै नै खुशी लाग्ने गरेको जोशी सुनाउँछन् । उनि भन्छन्ः ‘डान्सिङ गीत भन्दा रोमान्टिक गीतमा अभिनय गर्न मनपर्छ ।’
मोडल रोहित जोशी अभिनित दिपा राईको स्वर रहेको ‘मेरो साथी’ बोलको भिडियो गत महिना सार्वजनिक भएको थियोे । ‘आज तिम्रो सम्झनाले’ भिडियो धौलागिरी डिजिलट नेपालबाट रिलिज गरिएको छ ।
