सुचना, समाचार र मनोरन्जन

नेपालगञ्जमा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु

नेपालगञ्ज/

नेपालगञ्जमा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन । जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको अस्पतालको क्वाटरमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको आँकलन गरिएको प्रहरीको भनाइ छ।

कमेन्ट्स
Loading...