सुचना, समाचार र मनोरन्जन

सडक महोत्सवमा वेटर रेस सम्पन्न

पोखरा /

२३ औं पोखरा सडक महोत्सव अन्तर्गत वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रदिप पराजुली प्रथम, ब्यञ्जनकै सुवास श्रीपाली द्वितिय, बुम¥याङ्ग रेष्टुरेण्टका कृष्ण सुनवार तृतीय तथा चिल्ली बारका मिलन गुरुङ्ग सान्त्वना भए।

वेट्रेसतर्फ आलमोण्ड क्याफेका एन्जिला पुन प्रथम, चिल्ली बारका शान्ति चौलागाई द्वितिय, फ्लेम रेष्टुरेण्टका सन्ध्या गुरुङ्ग तृतीय तथा बिल्ली बन्टरका प्रार्थना राई सान्त्वना भए । विजयी खेलाडीहरुले क्रमश नगद ५, ३, २ र १ हजार नगद सहित प्रमाण–पत्रले पुरस्कार प्राप्त गरे।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर ६ का वडासदस्य हरिकृष्ण पहारीले पुरस्कार प्रदान गरे । खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए । बिल्ली बण्टर रेष्टुरेण्ट हुँदै पुनः चिल्लीबारसम्मको २ मिटर मिटर दुरी पार गरेको कार्यक्रमका संयोजक लोक गुरुङ्गले जानकारी दिए ।

कमेन्ट्स
Loading...