सुचना, समाचार र मनोरन्जन
Election Commission V2

कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिबद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा विवादको विषय दस्तावेजमा समेट्नुपर्ने माग गरेका बेला अध्यक्ष प्रचण्डले दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रचण्डले भने, ‘लिपुलेक र नक्साको बारेमा जुन ठाउँमा बोल्नुपर्छ, बोल्छु । अनि दस्ताबेजमा लेख्छु।’

कमेन्ट्स
Loading...