सुचना, समाचार र मनोरन्जन

२३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ/

नेपालमा पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको छ।

शुक्रबार २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन। गत २४ घन्टामा ७ हजार ८८५ पीसीआर तथा १ हजार १९९ एन्टिजेन परीक्षण भएको छ।

कमेन्ट्स
Loading...