सुचना, समाचार र मनोरन्जन

प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ /

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो।

प्रचण्डले जवाफ दिने क्रममा एमसिसीबारे ठोस कुरा गरेनन्। उनले एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उक्त विषयलाई पार लगाउनुपर्ने बताए। उनले भने, ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन। सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नुहोला। पार लगाइन्छ।’

British college

दाहालको जवाफबाट महाधिवेशन प्रतिनिधि अमलमा परेका छन्। प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गरे। ‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला तरु चिल्लो गाडी छोड्न सक्ला तरु काठमाडौँको रमझम छोड्न सक्लान् तरु भनेर पनि भन्ने गर्छन्,’ उनले अगाडि भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन। यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु। म यो अन्तिम अवसर गुम्न दिन्न।’

आफूलाई कतिपयले अस्थिर भनेपछि आफू गतिशीलताको यात्रामा रहेको र आजको परिवर्तन त्यसकै उपज भएको उनको दाबी छ। ‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ। यसमा म छलाङ र गतिशीलतामा देख्छु।

कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन। तर २०४५ सालमा सानो समूहबाट सुरु गरेर २०५२ सालमा जनयुद्ध सुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता होरु त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिँड्न हामी तयार छौँ। हामी अहिले पनि एउटा छलाङ हान्न खोजिरहेका छौँ,’ उनले भने।

प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले जवाफ दिएनन। आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए। शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो। महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ।

कमेन्ट्स
Loading...