सुचना, समाचार र मनोरन्जन
kumdini

मुख्यमन्त्रीबाट पदमुक्तकाे चार महिनापछि सरकारी गाडी फिर्ता गरे शेरधन राईले

प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभाेग गर्दै आएका राईकाे तीव्र आलाेचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

British college

उनले काठमाडौंमा गाडी फिर्ता गरेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । ‘गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयाे,’ दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राइले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खाेलिएकाे विषयमा चर्काे विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो। वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।

कमेन्ट्स
Loading...