सुचना, समाचार र मनोरन्जन

पोखरेली तमुहरु सामुहिक तमु ल्होछार-ल्होसार मनाउने तयारीमा जुटे

पोखरा /

तमु जातिको महान पर्व, नयाँ वर्ष ल्होछार मनाउन तमुहरु जुट्न थालेका छन्। यसै क्रममा विगतमा जस्तै यसवर्ष पनि पोखरेली तमुहरुले सामुहिक तमु ल्होछार÷ल्होसार मनाउने भएका छन्।

पोखरा महानगरपालिका वडा नं।९ नयाँबजारस्थित तमु धिं नेपालमा आइतवार बिहान सम्पन्न तमु संघ संस्थाहरुको भेलाले कोभिड १९ कोरोना भाइरसको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरी सिमित उपस्थितीमा विगतमा जसरी नै पुस १६ गते सामुहिकतामा तमु ल्होछार÷ल्होसार मनाउने निर्णय भएको आयोजक समितिका सल्लाहकार तमु(गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।

संघ संस्थाका अगुवासहित आयोजक समितिको छलफलले कार्यक्रमलाई सभ्य र भव्य बनाउन ११ सदस्यीय सचिवालय गठन गरेको आयोजक समितिका सहसंयोजक गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए।

ल्वों ल्हो आगमनको अवसरमा तमु एकता र तमु ल्होछार÷ल्होसारबारे जुम सम्वाद गर्ने, तमु ल्होछार÷ल्होसारमा राष्ट्रिय विदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १५ गते सबैले घर घरमा बत्ति झिलीमिली गर्ने, शुभकामना आदानप्रदान, जलपान लगायत साँस्कृतिक कार्यक्रम समेत गर्ने भएको बताइएको छ।

कमेन्ट्स
Loading...