सुचना, समाचार र मनोरन्जन

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो {विज्ञापन सहित}

काठमाडौं /

नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो ।

खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ।

आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ।

कमेन्ट्स
Loading...