सुचना, समाचार र मनोरन्जन

चोरीको मोटरसाइकल चलाउने १ जनालाई पक्राउ

काठमाडौं /

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको वास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बालाजु बाइसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका-६ बस्ने २८ वर्षका अनिल तामांगले वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ६५ प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

काठमाण्डौं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटरसाइकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा-१ बस्ने कुल बहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएका थिए ।

हराएको निवेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भू पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।

यस आ व ०७७र०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ। चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।

कमेन्ट्स
Loading...