काठमाडौँ/
नायिका आँचल शर्माले अभिनय गरेको दक्षिण भारतीय चलचित्र ‘हिटम्यान’ नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ। आगामी मार्चमा प्रदर्शनको तयारी गरेको चलचित्रको टिजर बिहिबार सार्वजनिक भएको थियो।
नेपाली मूलका भारतीय विष्णु अधिकारीको अभिनय र निर्देशनमा चलचित्र बनेको छ। चलचित्रलाई विष्णुका दाई दीपक अधिकारीले निर्माण गरेका छन्। यो चलचित्रमा आँचल नायिकाको भूमिकामा देखिएकी हुन । चलचित्रमा प्रशान्त ताम्राकारको पनि भूमिका रहेको छ।
चलचित्रलाई भारत र नेपालमा छायाँकन गरिएको निर्माण टोलीले जनाएको छ। चलचित्रमा नेपालको ४० प्रतिशत भन्दा बढि छायाँकन गरिएको निर्देशक विष्णुले जानकारी दिए। निर्देशक विष्णुले नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश भएको र नेपाल बाहिरका चलचित्रले नेपालमा छायाँकन गरेको भएपनि दृश्यमा नेपाल भनेर नचिनाउने गरेको बताए। उनले हिटम्यानले भने नेपालको प्राकृतिक सौन्दर्यतालाई प्रवद्र्धन गर्ने पनि बताए।
चलचित्रको जासुसको कथामा बनेको निर्माण पक्षले जनाएको छ। यो चलचित्र आँचल शर्माको भूमिका के हो भन्ने बारेमा खुलाईएको छैन। नेपाल बाहिरको चलचित्रमा काम गरेको पहिलो अनुभव साट्दै आँचलले आफूलाई भाग्यमानी ठानेको बताइन । उनले चलचित्रको स्क्रिप्ट पढ्दा निर्देशकको उत्साह देखेर पनि आफूलाई काम गर्न मन लागेको बताइन।